Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु


१४ वैशाख, एजेन्सी । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको सम्लग्नताको आशंका गरेको छ ।

भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलनका कारण त्यसपछिका दशकहरूमा हजारौं मानिसको ज्यान गएको भएपनि हालैका वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताउने गरिएको छ ।

दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहको ज्यान गएको र बुधबारको मृत्यु सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो ।

छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भने,’उनीहरू नियमित कामबाट फर्कंदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो ।’

एनडिटिभीमा प्रसारित फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको एउटा खाल्डो र सुरक्षा बलले विष्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखृका छन्, ‘आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु । तिनीहरूको बलिदान सधैं स्मरणीय रहनेछ ।’

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने,’यो आक्रमण ‘अत्यन्त दुःखद’ छ र उहाँले राज्यका नक्सलवादीहरूविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

उनले भने, ‘यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौं र हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं ।’ अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?