Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु


१४ वैशाख, एजेन्सी । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको सम्लग्नताको आशंका गरेको छ ।

भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलनका कारण त्यसपछिका दशकहरूमा हजारौं मानिसको ज्यान गएको भएपनि हालैका वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताउने गरिएको छ ।

दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहको ज्यान गएको र बुधबारको मृत्यु सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो ।

छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भने,’उनीहरू नियमित कामबाट फर्कंदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो ।’

एनडिटिभीमा प्रसारित फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको एउटा खाल्डो र सुरक्षा बलले विष्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखृका छन्, ‘आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु । तिनीहरूको बलिदान सधैं स्मरणीय रहनेछ ।’

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने,’यो आक्रमण ‘अत्यन्त दुःखद’ छ र उहाँले राज्यका नक्सलवादीहरूविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

उनले भने, ‘यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौं र हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं ।’ अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?