Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बागमती प्रदेशसभा : चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य


१३ वैशाख ,काठमाडौँ । बागमती प्रदेशको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भई पटक–पटक गरी आज राति अन्त्य हुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?