Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कोरोना सङ्क्रमणबाट एकको निधन


१३ वैशाख ,काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो ।

यसैगरी आज एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ ।

उपचारपछि आज ६५ जना घर फर्किएका छन् । यस्तै काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।

शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?