Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने


१३ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष मेजर राईले दिएको जानकारी अनुसार गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो लेख्न सुरू गरेको हो । यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरुको शीर्षकमा उल्लेख हुनेछ ।’

गाउँपालिकाले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको हो । भित्री मधेसको जिल्ला भएता पनि यस पालिकाबाट सगरमाथा लगायत विभिन्न हिमश्रृंखलाहरू देख्न सकिन्छ ।

उक्त पालिकाबाट सगरमाथा देख्न सकिने स्थानलाई ‘एभरेस्ट भ्यू टप’  नाम दिइएको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?