Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु


१३ वैशाख, झापा । झापामा स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको ज्यान गएको छ । कमल गाउँपालिका वडा नं २ भुत्लुङमा नवोदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पवन सुवेदीकी अढाई वर्षीया छोरी किन्जल सुवेदीको ज्यान गएको हो ।

मङ्गलबार अपराह्न करिब ४ बजे भुत्लुङ–देवीचौन भित्री सडकमा विद्यार्थी पुर्याउन गएको बसले घरको आँगन अगाडि बाटोमा खेल्दै गरेकी किन्जललाई मे १ क ४०७ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दमकका अनुसार टाँउको गम्भीर चोट लागेको र उपचारका लागि गौरादहस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा किन्जलको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान सुरु भइसकेको पनि प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?