Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु


१३ वैशाख, झापा । झापामा स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको ज्यान गएको छ । कमल गाउँपालिका वडा नं २ भुत्लुङमा नवोदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पवन सुवेदीकी अढाई वर्षीया छोरी किन्जल सुवेदीको ज्यान गएको हो ।

मङ्गलबार अपराह्न करिब ४ बजे भुत्लुङ–देवीचौन भित्री सडकमा विद्यार्थी पुर्याउन गएको बसले घरको आँगन अगाडि बाटोमा खेल्दै गरेकी किन्जललाई मे १ क ४०७ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दमकका अनुसार टाँउको गम्भीर चोट लागेको र उपचारका लागि गौरादहस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा किन्जलको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान सुरु भइसकेको पनि प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?