Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नगराइनमा नौ महिनादेखिको विवाद साम्य


१३ वैशाख ,जनकपुरधाम। धनुषाको नगराइन नगरपालिकामा नौ महिनादेखिको विवाद भएको छ । गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली कांग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा (एमाले) तर्फका उपप्रमुखमा निर्वाचित राधादेवी यादवबीच विवाद हुँदा नौ महिनासम्म कामकाज ठप्प भएको थियो ।

एकअर्काको निर्णय दुवै पक्षले मान्न आनाकानी गरेपछि नगरपालिकाका कामकारवाहीमा बाधा पुगेको थियो । स्थानीयको दबाबपछि दुवै पक्ष मिलेर काम गर्न सहमत भएका छन् । नगरप्रमुख विनयकुमार यादव आपसी सहमतिमा नगर क्षेत्रमा विकासका गतिविधि अगाडि बढाइने बताउछन् । “नगर क्षेत्रमा विभिन्न योजना निर्माण थालेका छौँ”, उनले भने ।

अघिल्लो कार्यकालमा बनेका ऐन, नियम र कार्यविधिका विषयमा विवाद भएको यादवको भनाइ छ । दुवै पक्षबीचको विवाद समाधानपछि वडा नं ६ स्थित नेपाल–भारत सीमामा पर्ने जमुना नदीमा झोलुङ्गे पुल र नगरको प्रशासकीय भवन निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यस्तै १५ शय्याको अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ ।

यसैगरी स्मार्ट नगराइन नगरपालिका बनाउन जटहीबाट जनकपुरधामसँग सडकको बीच भागमा वृक्षरोपण, दुवै सीमामा प्रवेशद्वार, बत्ति जडान, प्रत्येक वडामा विद्युतीकरण, कृषि सडकलगायत कामका लागि प्रक्रिया थालिएको यादवले बताए ।

नगर उपप्रमुख राधादेवी यादव आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गर्ने गरी बनाइएका कानुन संशोधनका लागि पहल नहुँदा विवाद भएको र अब त्यसले निकास पाएको बताउछिन् । “आगामी असारमा हुने नगरपरिषद्बाट पारित गर्ने गरी कानुन संशोधन गर्न मस्यौदा निर्माणका लागि समिति बनाउने र बाँकी काम द्विपक्षीय सहमतिमा गर्ने समझदारी भएको’’, उनले भनिन् ।

विवादका कारण रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । उपप्रमुख नेतृत्वको न्यायिक समितिले पूर्णता पाएको छ । “अब छिट्टै मुद्दामामिलाका काम छिनोफानोतर्फ लाग्छौँ”, उपप्रमुख यादवले भने । विवाद भएपछि रोकिएका वडास्तरका कामकाजसमेत अघि बढेका नगराइन–६ का वडाध्यक्ष ललित साहले जानकारी दिए।

नगरपालिकामा मुख्य विवाद उपभोक्ता समिति गठन र अनुगमन कसले गर्ने भन्ने विषयमा भएको थियोे । “आ–आफ्नो क्षेत्राधिकारमा रहेर जिम्मेवारी निर्वाह गर्ने र जिम्मेवारी निर्वाह गर्दै जाँदा बाधा–अड्चन आएमा सोहीअनुसार बाधाअड्काउ फुकाउने गरी अगाडि बढ्ने सहमति भएको छ”, नगरप्रमुख यादवले भने ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?