Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन


१२ वैशाख ,कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्ला मध्येमा कास्की च्याम्पियन बन्यो ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा कास्कीले १४ स्वर्ण, १३ रजत र पाँच कास्य गरी कूल ३२ पदक जितेर च्याम्पियन बनेको हो । गत वर्षको विजेता बागलुङले १० स्वर्ण, पाँच रजत र १० कास्य पदक गरी कूल २५ पदकका साथ द्वितीय भयो ।

नवलपुर जिल्लाले सात स्वर्ण, तीन रजत र आठ कास्य गरी कूल १८ पदक जित्दै तृतीय स्थान हासिल गरेको हो । पोखरा रङ्गशालामा आज सम्पन्न भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तृतीय भयो । छात्रा भलिबलमा कास्कीले उपाधि जित्यो ।

कास्कीले स्याङ्जालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तृतीय भएको छ । एथलेटिक्सतर्फ कास्कीले छ स्वर्ण आठ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर पाँच स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेर द्वितीय तथा स्याङ्जाले चार स्वर्ण र एक कास्यका साथ तृतीय भए । यही वैशाख ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा छ वटा खेल भएका थिए ।

जसमध्ये मार्सल आर्टतर्फ छात्र/छात्रा तेक्वान्दो, कराते र उसु तथा टिम इभेन्टतर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए । विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, परिषद्का कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषिराम गौतमलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे।

प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडी यही वैशाख १५ गतेदेखि काठमाडौँमा सुरु हुने तेह्रौँ संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने छन् । प्रदेशस्तरीय प्रतियोगितबाट छनोट हुन सफल खेलाडीलाई एक दिने बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।

स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले उत्कृष्ट अनुशासित र सक्षम देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने लक्ष्य रनिङ शिल्डको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?