Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सकियो लिटल थिएटर गराज


१२ वैशाख ,काठमाडौँ । बालबालिकाको नाट्य प्रस्तुति मञ्चनसहित नवौँ लिटल थिएटर ‘गराज’ सम्पन्न भएको छ । बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको हो ।

थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा दुई साता सञ्चालन भएको कार्यशालाको अन्तिम दिन अभिभावक र रङ्गप्रेमीमाझ विशेष कार्यक्रम गरिएको थियो ।

सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुतिमा पपेटमार्फत कथा–कथनदेखि नाटक ‘सिन्डेरेला’ मञ्चन गरेका थिए । बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले बताए ।

उनले भने, “दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन् । रङ्ग विधाको ज्ञान लिएर घर फर्किँदैछन् ।” कलामार्फत व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्देश्यका साथ छदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि लिटल थिएटर गराज हुँदै आएको हो ।

गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एण्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोचलगायतका विषयमा कार्यशालामा गतिविधि भएका थिए ।

त्यस्तै कार्यशालाअन्तर्गत नै बालबालिकाले पैदलयात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गरेका थिए । थिएटर गतिविधि बढिरहे पनि बालबालिकाको लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको कार्यशाला हरेक वर्ष चैत २० गतेपछि हुने गर्दछ ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?