Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

उपमहासचिव पुन अस्पताल भर्ना


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुग्नुभएको थियो । रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको उहाँको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराउनुभएको थियो ।

जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको हो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?