Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

रवि लामिछानेलाई खस्यो मंसिरको भन्दा बढी मत


१२ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकमना गाउँपालिका र भरतपुर महानगरपालिका १० वटा वडा गणना सकिएको छ । कालिका नगरपालिकाका वडाहरूमा गणना चलिराखेको छ । ६० हजार ६७३ मतगणना हुँदा लामिछाने प्रतिस्पर्धीभन्दा ३५ हजार १४९ मतले अगाडि छन् ।

अब गणना हुन बाँकी मत १७ हजार ६०४ छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए ।

अहिलेको निर्वाचनको मतलाइ हेर्दा मङ्सिरको भन्दा धेरै मत लामिछानेलाई खसेको देखिन्छ ।

नेपाली काङ्ग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाउनुभएको छ । निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?