Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रवि लामिछानेलाई खस्यो मंसिरको भन्दा बढी मत


१२ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकमना गाउँपालिका र भरतपुर महानगरपालिका १० वटा वडा गणना सकिएको छ । कालिका नगरपालिकाका वडाहरूमा गणना चलिराखेको छ । ६० हजार ६७३ मतगणना हुँदा लामिछाने प्रतिस्पर्धीभन्दा ३५ हजार १४९ मतले अगाडि छन् ।

अब गणना हुन बाँकी मत १७ हजार ६०४ छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए ।

अहिलेको निर्वाचनको मतलाइ हेर्दा मङ्सिरको भन्दा धेरै मत लामिछानेलाई खसेको देखिन्छ ।

नेपाली काङ्ग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाउनुभएको छ । निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?