Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

बेलायत, जर्मनी र क्यानाडाले पनि दूतावासका कर्मचारी र नागरिकलाई स्वदेश फर्काउँदै


११ वैशाख, एजेन्सी । बेलायत, जर्मनी र क्यानडाले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन् ।

यस पहिले अमेरिका, साउदी अरबलगायतका विश्वका अन्य मुलुकले पनि सुडानबाट आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता ल्याउन थालिसकेका छन् ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई हटाएको र बेलायती नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको आइतबार बताएका छन् ।

क्लेभरलीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा लेखेका छन्, “विदेशी कूटनीतिज्ञहरूमाथि बढ्दो धम्कीका कारण बेलायतले सुडानबाट दूतावासका कर्मचारीहरूलाई हटाएको छ । हाम्रो उच्च प्राथमिकता बेलायती नागरिकको सुरक्षा हो । सुडानमा भइरहेको रक्तपात अन्त्य का लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन हामी अहोरात्र खटिरहेका छौं ।”

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सुडानबाट बेलायती कुटनीतिज्ञ र उनीहरूका परिवारलाई बेलायती सेनाले ‘जटिल र द्रूत उद्धार’ पूरा गरेको बताएका छन् ।

त्यसैगरी, जर्मनीले आफ्ना साझेदारहरूसँगको समन्वयमा सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको जर्मनीको रक्षा र विदेश मन्त्रालयले आइतबार ट्वीट गरेको छ ।

“सुडानको यो खतरनाक परिस्थितिमा हाम्रो उद्देश्य खार्तूमबाट धेरैभन्दा धेरै (जर्मन) नागरिकलाई बाहिर निकाल्नु हो । हाम्रो सम्भावनाको दायराभित्र रहेर हामी ईयू र अन्य नागरिकलाई पनि साथमा ल्याउनेछौँ,” जर्मन विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै, क्यानाडाले सुडानमा कुटनीतिक गतिविधि अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेको छ ।

“सुडानको अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ, जसले गर्दा खार्तुममा रहेका हाम्रा कर्मचारीको सुरक्षा र सुरक्षाको रक्षा गर्न असम्भव भएको छ,” सरकारको कूटनीतिक विभाग ग्लोबल अफेयर्स क्यानडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?