Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बेलायत, जर्मनी र क्यानाडाले पनि दूतावासका कर्मचारी र नागरिकलाई स्वदेश फर्काउँदै


११ वैशाख, एजेन्सी । बेलायत, जर्मनी र क्यानडाले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन् ।

यस पहिले अमेरिका, साउदी अरबलगायतका विश्वका अन्य मुलुकले पनि सुडानबाट आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता ल्याउन थालिसकेका छन् ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई हटाएको र बेलायती नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको आइतबार बताएका छन् ।

क्लेभरलीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा लेखेका छन्, “विदेशी कूटनीतिज्ञहरूमाथि बढ्दो धम्कीका कारण बेलायतले सुडानबाट दूतावासका कर्मचारीहरूलाई हटाएको छ । हाम्रो उच्च प्राथमिकता बेलायती नागरिकको सुरक्षा हो । सुडानमा भइरहेको रक्तपात अन्त्य का लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन हामी अहोरात्र खटिरहेका छौं ।”

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सुडानबाट बेलायती कुटनीतिज्ञ र उनीहरूका परिवारलाई बेलायती सेनाले ‘जटिल र द्रूत उद्धार’ पूरा गरेको बताएका छन् ।

त्यसैगरी, जर्मनीले आफ्ना साझेदारहरूसँगको समन्वयमा सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको जर्मनीको रक्षा र विदेश मन्त्रालयले आइतबार ट्वीट गरेको छ ।

“सुडानको यो खतरनाक परिस्थितिमा हाम्रो उद्देश्य खार्तूमबाट धेरैभन्दा धेरै (जर्मन) नागरिकलाई बाहिर निकाल्नु हो । हाम्रो सम्भावनाको दायराभित्र रहेर हामी ईयू र अन्य नागरिकलाई पनि साथमा ल्याउनेछौँ,” जर्मन विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै, क्यानाडाले सुडानमा कुटनीतिक गतिविधि अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेको छ ।

“सुडानको अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ, जसले गर्दा खार्तुममा रहेका हाम्रा कर्मचारीको सुरक्षा र सुरक्षाको रक्षा गर्न असम्भव भएको छ,” सरकारको कूटनीतिक विभाग ग्लोबल अफेयर्स क्यानडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?