Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बाघको आक्रमणबाट ज्यान गुमाएको परिवारलाई किरिया खर्च


१० वैशाख ,बेदकोट । बाघको आक्रमणबाट मृत्यु भएकी कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको छ ।

पीडित परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले किरिया खर्चबापतको रु ५० हजार हस्तान्तरण गरेको हो । मृतकका श्रीमान् डम्बर चन्दलाई रु ५० हजारको चेक हस्तान्तरण गरिएको एनटीएनसी मझगाउँका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।

एनटीएनसी मझगाउँका प्रमुख जोशी, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारी, कुण्डा सब–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादव, बेलौरी नगरपालिका–८ का वडाध्यक्ष बिसराम रानालगायतको उपस्थितिमा पीडित परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको हो ।

सरकारले पीडित परिवारलाई रु १० लाख बराबरको राहत रकम उपलब्ध गराउने छ । सरकारले उपलब्ध गराउने राहत बराबरको रु १० लाख आवश्यक कागजातलगायत प्रक्रिया पूरा गरेपश्चात प्रदान गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए ।

चैत ८ गते बिहान बेलौरी नगरपालिका–८ पचुइँस्थित खप्टिनाला नजिक घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेको थियो । अर्को दिन भेटिएको शव परीक्षणपश्चात् पीडित परिवारले दाहसंस्कार गरेका छन् । चन्दका दुई छोरी र एक छोरा छन् ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?