Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् । चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ ।

नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताउनुभयो । “स्थानीय कृषकहरुबाट खरिद र आफ्नै बगैचाको दश हजार किलोग्राम सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु,” उहाँले भन्नुभयो “चैत–बैशाखको बेसिजनमा बजारमा सुन्तला पठाउने तयारी छ ।” गुरुङले आफ्नै बारीमा फलेका र अन्य कृषकको सुन्तला खरिद गरेर भण्डारण गरेको बताउनुभयो ।

अहिले प्रतिकिलो रु. ६० देखि ७० का दरले बिक्री भएको सुन्तला चैत–बैशाखसम्म राख्दा प्रतिकिलो रु. १६० देखि २०० सम्म बिक्री हुन्छ । याममा राम्रो मूल्य र बजार नपाउने भएपछि नारच्याङका कृषकहरुले यसअघि फागुन सम्म सुन्तला बोटमै राख्ने गरेका थिए । समयमा फल नटिप्दा उत्पादकत्व र बगैचा व्यवस्थापनमा समस्या भएको थियो । कृषकले समयमै सुन्तला टिप्न, भनेको मूल्यमा बेच्न र बजार पाएका स्थानीय टक पुनले बताउनुभयो ।धेरै समय बोटमा फल लाग्दा हावा हुरीले क्षति हुने समस्या पनि हटेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा स्थापना भएको दश हजार किलोग्राम क्षमताको सो चिस्यान गृहमा यसपाली पहिलो पटक सुन्तला भण्डारण गरिएको हो । सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने सञ्चालक गुरुङको योजना छ । चिस्यानगृहको भवनमा फलफुल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ ।

चिस्यानगृह बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बेनी स्थित सुन्तला जोन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु. १३ लाख अनुदान उपलब्ध गराएको थियो । कुल रु. २१ लाख खर्च भएको भएको चिस्यानगृहको पूर्वाधार र उपकरण खरिदमा सञ्चालकले रु. आठ लाख भन्दा बढी लगानी गरेको बताउनुभयो।सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले नारच्याङमा म्याग्दी जिल्लामै पहिलो पटक आधुनिक चिस्यानगृह निर्माण भएको बताउनुभयो । उहाँका अनुसार परियोजना मार्फत पछिल्लो तीन वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङमा फलफुल भण्डारणका लागि ७ वटा चिस्यानगृह निर्माण भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० मा ४ वटा चिस्यानगृह स्थापना गर्ने लक्ष्य छ ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?