Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

श्राद्धमा गएका दाजुभाइसहित ३ जनाको सप्तकोशीमा डुबेर मृत्यु


१० वैशाख, झापा । आफन्तको श्राद्धमा गएका झापा दमक -९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरू सप्तकोशीमा नुहाउन पसेका थिए ।

सप्तकोशीमा डुबेर मृत्यु हुनेहरुमा दमक नगरपालिका –९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ रहेका छन् ।

गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एक जनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेको बताइएको छ ।

बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?