Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

श्राद्धमा गएका दाजुभाइसहित ३ जनाको सप्तकोशीमा डुबेर मृत्यु


१० वैशाख, झापा । आफन्तको श्राद्धमा गएका झापा दमक -९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरू सप्तकोशीमा नुहाउन पसेका थिए ।

सप्तकोशीमा डुबेर मृत्यु हुनेहरुमा दमक नगरपालिका –९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ रहेका छन् ।

गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एक जनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेको बताइएको छ ।

बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?