Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

खुला रक्तदानमा एक सय ५३ जनाले गरे रक्तदान


९ वैशाख ,जनकपुरधाम। जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस (२४ अप्रिल)को अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’ भन्ने नाराका साथ आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा एक सय २३ पुरुष र ३० महिलाले रक्तदान गरेका मण्डलका प्रमुख बेचु रजकले जानकारी दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शुभारम्भ गरेको रक्तदान कार्यक्रममा प्रतिनिधिसभा सांसद जुलीकुमारी महतो (महासेठ), जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पनि रक्तदाताको हौसलाका लागि सहभागिता जनाएका थिए ।

सो अवरसमा सांसद महतोले रक्तदान मानव कल्याणको सबैभन्दा उत्तम कार्य भएकाले यस्तो कार्यका लागि उत्प्रेरित गर्ने सन्त निरंकारी मण्डल र रक्तदातालाई धन्यवाद दिए । उपमहानगर प्रमुख साहले पनि रक्तदान जीवन दान भएकाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने अवस्था निर्माणका लागि यस्तो पुण्यकार्यमा लाग्न सबैलाई आग्रह गरे ।

यसअघि कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले मानवतालाई जीवन्त राख्न र रगत अभावमा कसैले पनि ज्यान गुमाउने अवस्था आउन नदिन सामाजिक उत्तरदायित्वको भावनाअनुरुप रक्तदान गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनले कुनै पनि धार्मिक तथा आध्यात्मिक संस्थाले संविधानको अधिनमा रही मानव कल्याण, सामाजिक सद्भाव, आपसी एकतालाई मजबुत बनाउन लाग्नुपर्ने भन्दै सन्त निरंकारी मण्डलले यस्तो कार्यमा पु¥याएको योगदानका लागि धन्यवाद ज्ञापन गरे ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाले सहयोग गरेको थियो । सन्त निरंकारी मण्डलले सद्गुरु गुरुवचन सिंहको हत्या भएको दिन अर्थात् (२४ अप्रिल १९८०) लाई मानव एकता दिवसका रुपमा मनाउँदै आएको छ । सोही दिनको सम्झनामा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’, ‘हामी बदला होइन, बदलाब चाहन्छौ’ भन्दै हरेक वर्ष मण्डलले रक्तदानलगायत समाज कल्याणका काम गर्दै आएको त्यस अवसरमा जानकारी दिइएको थियो ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?