Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

रु ३६ लाख बराबरको सामान बरामद


९ वैशाख ,नवलपुर । भन्सारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले बरामद गरेको छ ।सुरक्षा जाँच गर्ने क्रममा शुक्रबार साँझ भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब रु ३६ लाख बराबरको सामग्रीसहित ग२ख १५०३ नंको ट्रक प्रहरीले बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष पठकले प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा भन्सार चोरी पैठारी गरी ल्याइएको कुर्ता सुरुवाल, सल, टप्स, कुर्ता सेट, लाइटर, हुक्का फेलेवर, गोट्टीवाला रेन्ची, पूजा थाली, विभिन्न ब्रान्डका एन्ड्रोयड मोबाइल फोन, शरीरमा लगाउने अत्तर, तेल, मालाको दाना, केमिकल, रोलगोलको तिलहरि, झुम्का, चन्द्रमा, मङ्गलसुत्र पोते, ब्रासलेट, सिरबन्दी रानीहार, सेतो माला औँठी, बाला, साडी, ढाकाको कपडा, ४५ किलो दरको युरिया मल दुई सय २० बोरा बरामद गरेको जानकारी दिए ।

प्रहरीले शुक्रबार बरामद गरेको सामग्रीको मूल्य अन्दाजी रु ३५ लाख ९१ हजार २२ रहेको पाठकले बताए । प्रहरीले बरामद गरेको सामग्रीसहित ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्लाको त्रिवेणी भन्सार कार्यालय पठाइएको पाठकले जानकारी दिए । साथै प्रहरीले चालु आर्थिक वर्षको हालसम्म अवैध सामग्री बरामद गरी रु पाँच करोड एक लाख ७७ हजार राजस्व सङ्कलन गर्न सफल भएको पाठकले बताए ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?