Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

कार्यरथी सम्मेलन सम्पन्न


नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरियो । सम्मेलन पूर्वकार्यरथीको अनुभव र सुझावले सेनालाई जिम्मेवारी निर्वाह गर्न तथा भावी नीति र योजना निर्माणमा ठोस योगदान प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माले व्यक्तिगत स्वार्थका लागि सङ्गठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमाण्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने बताउनुभयो ।

बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, कार्यरथीउपरथी सागरबहादुर थापालगायतले जनशक्ति व्यवस्थापन, संस्कृतिको संरक्षण र अनुशासन कायमजस्ता सङ्गठनका प्राथमिकताका विषयका विविध पाटा र पक्षका बारेमा विषयगतरुपमा धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?