Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कार्यरथी सम्मेलन सम्पन्न


नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरियो । सम्मेलन पूर्वकार्यरथीको अनुभव र सुझावले सेनालाई जिम्मेवारी निर्वाह गर्न तथा भावी नीति र योजना निर्माणमा ठोस योगदान प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माले व्यक्तिगत स्वार्थका लागि सङ्गठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमाण्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने बताउनुभयो ।

बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, कार्यरथीउपरथी सागरबहादुर थापालगायतले जनशक्ति व्यवस्थापन, संस्कृतिको संरक्षण र अनुशासन कायमजस्ता सङ्गठनका प्राथमिकताका विषयका विविध पाटा र पक्षका बारेमा विषयगतरुपमा धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?