Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी


९ वैशाख ,काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव पाँच ओभर खेल्दै सवै विकेट गुमाएर दुई सय १६ रन बनायो ।

दुई सय १७ रनको लक्ष्य साउदी अरेवीयाले ३४ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । साउदीका लागि अब्दुल वाहिदले शतकीय पारी खेले । उनले एक सय आड बलमा एक सय २४ रन बनाए ।

यस्तै वकार उल हसनले ५५ तथा हिसम शेखले अविजित २१ रन बनाए । बलिङतर्फ कतारका लागि इक्रमुल्लाह खानले दुई तथा खुरम शाहजादले एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै कतारका लागि मोहमद तनवीरले ४६, कमरान खानले ३६, इमाल लियाङ्गेले ३१ तथा मोहमद रिजलानले २८ रन बनाए ।

बलिङतर्फ साउदीका इश्तियाक अहमदले चार तथा अतिफ उर रहमान, जैन उल अवीदिन र अहमद बलादर्फले दुई दुई विकेट लिए । यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५५ रन बनायो ।

दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । कुवेतका लागि यासिन पटेलले अविजित ६३, अदनान इद्रिसले ५६ तथा मित भावसरले ५४ रन बनाए । बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले ५३ तथा फैज अहमदले ४८ रन बनाए । बलिङतर्फ कुवेतका लागि सैयद मोनिवले चार विकेट लिए ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?