Trending
>>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन


९ वैशाख ,पाटन । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।

लिम्बू छ महिनादेखि बिरामी भएका थिए । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए ।

लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उहाँलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उनका छोरा मोहनले जानकारी दिए । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो ।

उनि मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?