Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

ओखलढुङ्गाको एक हजार हेक्टर वनमा डढेलो


९ वैशाख, ओखलढुङ्गा । ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ । यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो ।

जिल्लामा हिउँदयाम लागेसँगै भएका डढेलोका घटनाबाट नौ सय २५ हेक्टरभन्दा बढी जङ्गलमा क्षति भएको विवरण प्राप्त भएको र थप विवरण आउनेक्रम जारी रहेकाले करिब एक हजार हेक्टरमा क्षति पुगेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सत्यनारायण यादवले बताए । जिल्लाका छ सब डिभिजन वन कार्यालयअन्तर्गतका जङ्गलमा लागेको आगोका कारण वन्यजन्तु, काठपात, घाँस, बुट्यान, जडीबुटीलगायत क्षति पुग्दा लाखौँको क्षति भएको उनको भनाइ छ ।

“स्थानीयका अनुसार नयाँ घाँस पलाउने आशा र हेलचेक्र्याइँले वनमा आगो लगाएको पाइन्छ, तर त्यो आगो लगाउने व्यक्तिको पहिचान नहुँदा कारबाहीको दायरामा ल्याउन सकिन्न, यस वर्ष पनि करिब नौ सय २५ त हाम्रो तथ्याङ्कले देखाउँछ, केही विवरण छुटेको हुनसक्छ त्योसमेत गर्दा हजार हेक्टर वन डढ्यो”, उनले भने, “आगलागीका घटना न्यूनीकरण गर्न अपिल गर्दागर्दै पनि गाउँगाउँका वनमा आगो लगाउने क्रम रोकिएन, त्यसरी वनमा आगो लगाउने व्यक्तिको पहिचान भएका खण्डमा कडा कानुनी कारवाही गर्छौं ।”

आगलागी सुरु हुनासाथ नियन्त्रणको प्रयास गरिए पनि कतिपय वनमा लागेको आगो एक सातासम्म नियन्त्रणमा आउन नसक्दा ठूलो क्षति भएको उनको भनाइ छ । जिल्ला सदरमुकाम नै जोखिममा पर्ने गरी लागेको आगो नियन्त्रणमा आएको छ । सिद्धिचरण नगरपालिका–१२ को बकुन्दे सामुदायिक वनमा लागेको आगो एक सातापछि नियन्त्रणमा आएको हो ।

यही वैशाख ३ गते सिद्धिचरण–९ को ज्यामिरे सामुदायिक वनबाट लागेको आगो अनियन्त्रित हुँदै सदरमुकाम नजिकैको बकुन्दे सामुदायिक वनसम्म आइपुगेको थियो । नेपाली सेनाको अरिदमन गणका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक र ओखलढुङ्गा युथ फाउन्डेसनका युवाको संयुक्त प्रयासमा आज बिहानदेखि डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको सिद्धिचरण–१२ का वडाध्यक्ष उमङ्ग श्रेष्ठले बताए ।

आगोका कारण सदरमुकाम बजार जोखिममा रहेको थियो । सबैको प्रयासमा आगो नियन्त्रणमा आएकाले ठूलो जनधनको क्षति हुनबाट बचेको उनको भनाइ छ । शुक्रबार साँझ पानी परेकाले पनि आगो पूर्णरुपमा निभाउन सजिलो भएको थियो ।

जिल्लाका अन्य सात स्थानमा लागेको आगो पनि नियन्त्रणमा आएको छ । जिल्लामा भौगोलिक कठिनाइ, आगो नियन्त्रणमा आवश्यक पर्ने स्रोतसाधनको अभाव, सबै स्थानीय तहमा दमकल नहुनु, भएका ठाउँमा पनि सबै स्थानमा दमकल नपुग्नु र आगो नियन्त्रणमा सबै नजुट्नुले आगलागी नियन्त्रणमा चुनौती देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपकबहादुर केसीको भनाइ छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?