Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम


९ वैशाख, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ ।

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दीगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि शुरू गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सबइन्जिनियर करनबहादुर विष्टले बताए ।

विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न मिल्ने डाला लगायतका सामग्री निर्माण गरिरहेका र अन्य सामग्री विभिन्न सामग्री निर्माण कार्य सिकिरहेका समेत उनले जानकारी दिए ।

स्थानीयस्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निर्माण गर्नसके दैनिक जीवन निर्वाहका साथै आयआर्जमा सहजता हुने तालिमका सहभागीले बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडीमा सञ्चालन भएको सीपमूलक तालिमबाट सीपमूलक दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउँका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

गाउँपालिकाभित्र जोकोही व्यक्ति सीप सिकेर स्थानीयस्तरमा व्यावसायिक गर्छु शुरूआत गर्छ भने त्यस्ता व्यक्तिलाई पालिकाले पनि सहयोग गर्ने उनले जानकारी दिए । ४५ दिनसम्म सञ्चालन हुने सीपमूलक तालिममा बोगटान फुड्सिलको वडा नम्बर १ र ४ का ११ जना सहभागी रहेका आयोजकले जनाएको छ । तालिममा दक्ष प्राविधिकले सहजीकरण गरिरहेका जनाइएको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?