Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

हात्तीको आक्रमणबाट वृद्धको ज्यान गयो


९ वैशाख, झापा । झापामा हात्तीको आक्रमणमा परेर एकजना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीमा लगाको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन गएका बुद्ध शान्ति गाउँपालिका वडा नं. ५ खारखोलाका ७० वर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको हो ।

बिहान करिब साढे ३ बजे बारीमा हात्ती आएको थाहा पाएर भट्टराई हात्ती धपाउन निस्कनु भएको र हात्तीले कुल्चेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको घटनास्थलमा नै ज्यान गएको बताइएको छ ।

केही दिनयता निरन्तर बुद्ध शान्ति गाउँपालिकाका विभिन्न टोलमा हात्ती आएर स्थानीयले लगाएको मकै लगायतका बालीहरू नष्ट गर्दै आएको थियो । स्थानीयहरु रातभर जाग्राम बसेर हात्ती धपाउँदै आएका थिए ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?