Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हात्तीको आक्रमणबाट वृद्धको ज्यान गयो


९ वैशाख, झापा । झापामा हात्तीको आक्रमणमा परेर एकजना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीमा लगाको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन गएका बुद्ध शान्ति गाउँपालिका वडा नं. ५ खारखोलाका ७० वर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको हो ।

बिहान करिब साढे ३ बजे बारीमा हात्ती आएको थाहा पाएर भट्टराई हात्ती धपाउन निस्कनु भएको र हात्तीले कुल्चेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको घटनास्थलमा नै ज्यान गएको बताइएको छ ।

केही दिनयता निरन्तर बुद्ध शान्ति गाउँपालिकाका विभिन्न टोलमा हात्ती आएर स्थानीयले लगाएको मकै लगायतका बालीहरू नष्ट गर्दै आएको थियो । स्थानीयहरु रातभर जाग्राम बसेर हात्ती धपाउँदै आएका थिए ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?