Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चलचित्रका लागि ‘अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार


९ वैशाख, काठमाडाैँ। चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ ।

चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ ।

उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् । यद्यपी नेपालमा त्यस्तो छैन । निर्देशक आफैंले छनोट गर्ने गरेका छन् । केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ । उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ ।

पात्र सुहाउँदो कलाकारको लागि अडिसन पनि लिने गरिन्छ । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउ समेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताए । उनी निर्देशित पछिल्लो चलचित्रमा पात्रअनुसार कलाकार छनोट गर्ने दायित्व रंगकर्मी अनुप बराललाई दिइएको थियो ।

‘शुरूआती समयमा म निर्देशनमै केन्द्रित रहें । म बजार र निर्माताअनुसार प्रस्तुत भए तर पछिल्लो चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’मा मैले सम्पूर्ण जिम्मेवारी छुट्याएर काम गरेको छु,’ निर्देशक राउतले भने, ‘अहिले चलचित्र निर्माण शैली फेरिएको छ । यो कलाकार चाहियो पनि भन्न सक्छौं । केही कलाकार अडिसनमार्फत नै छनोट गरेको छु ।’

उनले चलचित्र ‘प्रकाश’मा अभिनेत्रीमा रेणु योगीलाई अडिसनमार्फत नै चयन गरेका थिए ।

कलाकार महेश त्रिपाठी अडिसन दिन हिच्किचाउँदैनन् । उनी आफू उक्त चरित्रमा उपयुक्त हुने वा नहुने मापन नै अडिसनले गर्ने बताए । ‘अलि कति नाम चलेपछि अडिसन दिन हामी आनाकानी गर्छौं तर हामीले पात्रलाई जाच्ने नै त्यहीँ प्रक्रियामार्फत हो । त्यसले हाम्रो अभिनय क्षमतालाई नभई पात्रलाई हेरिने भएकाले म तयार हुन्छु,’ अभिनेता त्रिपाठीले भने, ‘मैले चलचित्र निर्माण गर्ने समूह हेरेर भने अडिसन दिने गरेको छु । विदेशी चलचित्रमा अडिसन दिएर नै काम गरेको छु ।’

नेपालमा लिइने अडिसन धेरैजसो देखावटी हुने अभिनेत्री विनिता थापामगरले बताइन् । उनले पनि प्रायः काम अडिसनमार्फत नै पाउनुभएको छ तर उनको अनुभव राम्रो छैन । ‘पहिले कलाकार तय गरेर देखावटी अडिसन गर्ने पनि पाएकी छु । त्यसैले अडिसन दिन जाँदा सबै बुझेर मात्र जान्छु । यो त पात्रमा सुहाउँदो कलाकारलाई अवसर हो तर यहाँ भौगोलिक भिन्नता देखिने कलाकारलाई पनि छनोट गरिन्छ,’ अभिनेत्री थापामगरले भनिन् । दशक अगाडि अडिसन गर्ने प्रक्रिया बढेको थियो । किनकि नयाँ अनुहार चलचित्रमा देखिन थालेका थिए ।

कलाकारले अडिसन दिन हिच्किचाउने कारण नै यो प्रक्रिया घटिरहेको निर्देशक विक्रम सापकोटाले बताए । उनले चलचित्र निर्माण गर्ने क्रममा केही कलाकारलाई अडिसनको लागि अनुरोध गर्दा नमानेको सम्झिए । ‘मैले चलचित्रका केही प्रसिद्ध कलाकारलाई आग्रह गर्दा मान्नुभएन । त्यसपछि रंगमञ्चमा रहेका कलाकारको अडिसन लिएर छनोट गरेको हो,’ उनले भने । कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप चलचित्र भवनमा हुने व्यापारकै आधारमा तय हुने गरेको छ ।

बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको संख्या र पर्दामा हुने महत्त्व निकै कम छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?