Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग


८ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् । जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन् ।

मुख्यमन्त्री शाहलाई पाटन नगरपालिकाले नगरको समग्र विकासका लागि भन्दै ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत पाटन–लोर्खा खण्ड मर्मतका लागि बजेट माग, नगरपालिकाको वडा नं ५ र ६ मा उपत्यका कृषि तथा फलफूल विशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

यस्तै पाटन–१, २, ३, ४, ७, ८, ९ र १० मा आलु, मकै, लसुन, प्याज, ओखरजस्ता बाली अत्यधिक मात्रामा उत्पादन हुने भएकाले यहाँ शीतभण्डार तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी पाटन नगर क्षेत्रभित्रका रामेश्वरधाम, स्वर्गेनी पिपलधाम, महारुद्रधाम, विश्वनाथ वनारसीधाम, पाताल भुवनेश्वरधाम, टुणे शिवलिङ्गधाम, समैजी सदाफलधाम, सिद्धनाथ उदयदेवधाम हुँदै पुनः रामेश्वरधाम जोड्ने सडक निर्माणका लागि बजेट माग गरिएको सिद्धेस्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह विष्टले बताए ।

त्यस्तै पाटनस्थित आँखा अस्पतालको स्तरोन्नति, बन्द अवस्थामा रहेको शिक्षा तालिम केन्द्र सञ्चालन, पाटन–पञ्चेश्वर सडकका मजदुरको ज्याला उपलब्ध गराउन, नगरपालिकामा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गर्नेलगायत माग मुख्यमन्त्री शाह समक्ष गरिएको विष्टले जानकारी दिए ।

मुख्यमन्त्री शाहका साथमा बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य विक्रमसिंह धामीलगायत रहेका थिए ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?