Trending
>>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   कांग्रेस महामन्त्री गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ >>   शंख किन बजाइन्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारणहरू >>   शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न सरकार अनुदारः उपमहासचिव पुन >>   वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ : प्रदीप पौडेल >>   प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोज्योः एमाले >>   दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा >>   एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी >>   विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
Logo
१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग


८ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् । जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन् ।

मुख्यमन्त्री शाहलाई पाटन नगरपालिकाले नगरको समग्र विकासका लागि भन्दै ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत पाटन–लोर्खा खण्ड मर्मतका लागि बजेट माग, नगरपालिकाको वडा नं ५ र ६ मा उपत्यका कृषि तथा फलफूल विशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

यस्तै पाटन–१, २, ३, ४, ७, ८, ९ र १० मा आलु, मकै, लसुन, प्याज, ओखरजस्ता बाली अत्यधिक मात्रामा उत्पादन हुने भएकाले यहाँ शीतभण्डार तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी पाटन नगर क्षेत्रभित्रका रामेश्वरधाम, स्वर्गेनी पिपलधाम, महारुद्रधाम, विश्वनाथ वनारसीधाम, पाताल भुवनेश्वरधाम, टुणे शिवलिङ्गधाम, समैजी सदाफलधाम, सिद्धनाथ उदयदेवधाम हुँदै पुनः रामेश्वरधाम जोड्ने सडक निर्माणका लागि बजेट माग गरिएको सिद्धेस्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह विष्टले बताए ।

त्यस्तै पाटनस्थित आँखा अस्पतालको स्तरोन्नति, बन्द अवस्थामा रहेको शिक्षा तालिम केन्द्र सञ्चालन, पाटन–पञ्चेश्वर सडकका मजदुरको ज्याला उपलब्ध गराउन, नगरपालिकामा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गर्नेलगायत माग मुख्यमन्त्री शाह समक्ष गरिएको विष्टले जानकारी दिए ।

मुख्यमन्त्री शाहका साथमा बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य विक्रमसिंह धामीलगायत रहेका थिए ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?