Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

काठमाडौँमा गृह श्रमिक सम्मेलन


७ वैशाख ,काठमाडौँ । यही वैशाख १२ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय गृह श्रमिक सम्मेलन हुने भएको छ । होमनेट इन्टरनेशनलको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा ३९ वटा देशका करिब दुई सय श्रमिकको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले अनुसार कार्यक्रममा दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाभित्रका २९ देशका दुई सय गृह श्रमिकले सहभागिता जनाउने जानकारी दिईन । चार दिनसम्म चल्ने सम्मेलनमा गृह श्रमिकबाट उत्पादन भएका सामानको स्टल राखी प्रदर्शनी र बिक्री गरिनेछ ।

कार्यक्रममा सदस्य सङ्घसंस्था, युनियन, भ्रातृ सङ्गठन, सामूहिक र उद्यमका प्रतिनिधि सदस्यलगायतको उपस्थिति रहने संयोजक मल्लले जानकारी दिईन। सम्मेलनमा गृह श्रमिकले गरेका कार्य प्रस्तुत हुनेछ ।

फोटो प्रदर्शनीमार्फत गृह श्रमिकको योगदानको प्रदर्शन गरिने छ । गृह श्रमिकको उद्यमले हस्तकला र हस्तनिर्मित उत्पादन प्रोत्साहित हुने र कार्यक्रमले दृष्टिकोण र समान प्रतिनिधित्व, सहभागिता र मार्गदर्शन सुनिश्चित गर्न मद्दत गर्ने आयोजक संस्थाले विश्वास लिएको छ ।

होमनेट साउथ एसिया दक्षिण एसियाभरका गृह श्रमिक सङ्गठनको नेटवर्क हो । दक्षिण एसियाली क्षेत्रका जोखिममा रहेका १२ लाखभन्दा बढी गृह श्रमिकको प्रतिनिधित्व संस्थाले गर्दै आएको छ । तीमध्ये ९५ प्रतिशत गृह श्रमिक महिला र पाँच प्रतिशत पुरुष यस संस्थामा आबद्ध रहेका छन् ।

चारदिने कार्यक्रम विशेषगरी विभिन्न देशबाट आएका गृह श्रमिकलाई नेपाली गृह श्रमिकको विभिन्न संस्थाको स्थलगत अवलोकन गराउने आयोजक संस्थाले जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा गृह श्रमिकको सङ््गठित संस्था छवटा रहेका छन् ।

नेपालमा सङ्गठितरूपमा कार्यरत रहेका यी संस्थाले विशेषगरी माटोका भाडाँकुँडा, ढाकाका कपडा, बालबालिकाले खेल्ने विभिन्न सामग्री, हातले बुनेर लगाउने कपडासहित खाद्य सामग्री पनि उत्पादन गर्दै आएका छन् । कार्यक्रममा गृह श्रमिकको अनुभव र सीप भोगाइ र सफलताको कथा एक आपसमा आदानप्रदान हुनेछ ।

सन् २००० मा काठमाडौँ घोषणापत्र जारी गर्दै यस संस्थाले आफ्नो यात्रा सुरुआत गरेको थियो । गृह श्रमिक, सम्बन्ध भएका अन्य व्यक्ति र अन्य सहयोगीसँग मिलेर आगामी वर्षका लागि दृष्टिकोण र समान प्रतिनिधित्व, सहभागिता र मार्गदर्शन सुनिश्चित गर्न वार्षिक योजना तयार गर्ने काम गरिरहेको पनि संयोजक मल्लले भनिन ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?