Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री प्रचण्ड


७ वैशाख, बारा । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बिहीबार दिउँसो बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै शिलान्यास गरिने बताएका हुन् ।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं । म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।’

प्रधानमन्त्री दाहालले गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताए । कोभिडको बेला बन्द भएको नाका पुन: सञ्चालन गरिने र विद्युतीय प्रणालीमार्फत सिँचाईको व्यवस्था गरिने उनको भनाइ छ। ती विकासका कार्यहरु उपेन्द्र यादवको नेतृत्वमा गराउन सरकारले विशेष ध्यान दिने दाहालको भनाइ छ । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

प्रधानमन्त्री दाहालले पहिले नागरिकता विधेयक रोकिएकोतर्फ संकेत गर्दै अब नागरिकता समस्या समाधान गर्ने आश्वासन दिए । ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं,” प्रधानमन्त्री दाहालले भने, ‘नागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।’

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा-२ का उम्मेदवार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गरेका थिए ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?