Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

लिम्बू समुदायको संस्कृति ‘जारी ’


वैशाख, काठमाडाैँ । यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको जानकारी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिए ।

“महिला आँटिला र साहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मानविना बस्दैनन्”, निर्देशक सुब्बाले भने । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रह समेत गरे । “लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ”, निर्देशक सुब्बाले भने, “कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो ।”

अभिनेता दयाहाङ राईले कथा पढ्दा नै उत्कृष्ट चलचित्र बन्ने विश्वास जागेको जानकारी दिए । “मेरो पात्रबारे कथामै स्पष्ट थियो । मेरो पात्र मायालु, रिसाहा, जिम्मेवार सबै छ । त्यसैले यो सम्पूर्ण भाव एउटै दृश्यमा ल्याउन सक्छु कि सक्दिन भन्ने पनि नलागेको होइन्”, अभिनेता राईले भने, “मेरो पात्रलाई जीवन्त बनाउन केही लिम्बू साथीसँग सल्लाह लिए, छलफल गरे । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।”

अभिनेता राईले निर्देशक सुब्बासँग ‘कबड्डी’देखि नै सहकार्य गरेका थिए । त्यो समयमा पटकथाकारको दायित्व निर्वाह गर्दा नै निर्देशक सुब्बाले चलचित्र बनाउने योजना सुनाएको अभिनेता राईले सम्झिए । “एकैपटक लेखिएको पटकथा ल्याएर मलाई दिनुभयो । मैले उहाँले बनाउन खोजेको चलचित्रलाई कथामा स्पष्ट देखेँ । मलाई यसमा काम गर्नुपर्छ भन्ने लागेर समय निकालेर गरेको हुँ”, उनले भने ।

अभिनेत्री मिरुना मगरले आफूभन्दा भिन्न जीवन बाँचेको बताइन् । “मैले काम गरिरहेको चलचित्रको चरित्र र चाहना फरक थियो । म यो समूहले कथा लेखिएको पात्रलाई पर्दासम्म कसरी ल्याएर जीवन्त बनाउँछन् भन्ने सोच्थे र काम गर्ने इच्छा थियो”, अभिनेत्री मगरले भनिन्, “बनावटी स्वरूपभन्दा यसमा प्राकृतिक सुन्दरतामा प्रस्तुत भएकी छु । पात्रलाई महशुस गरेँ । बुझ्न पाएँ ।”

अभिनेता विजय बरालले लिम्बू समुदायअनुसारको चरित्रमा तयार हुँदा केही कठिनाइ भएको बताए । “म तराईको मान्छे, मधेस बुझेको छु । तर यहाँ लिम्बू देखिनु र बोल्नुपर्ने । मेहनत गरेर आफ्नो चरित्र तयार गरे। मलाई निर्देशक सुब्बाले सघाउनुभयो”, अभिनेता बरालले भने । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्रले दर्शक प्रतिक्रिया पनि राम्रो बटुलिरहेको छ ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?