Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गोर्खा सैनिकहरूको माग पूरा गर्न दोस्रो बैठक सम्पन्न


७ वैशाख, काठमाडाैँ । बेलायत सरकारले भर्ती गर्ने गोर्खा सैनिकहरूको मागका बारेमा संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा तेस्रो पटक बैठक सम्पन्न भएको छ । बुधवार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा मिनिस्टर फर डिफेन्स पिपुल भेटेरन्स एण्ड सर्भिस फेमिलिस माननीय एन्ड्रअ मुरिसोन एमडी एमपी र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यबीच भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बैठक सम्पन्न भएको हो ।

बैठकमा विशेष यस अघि भएको समितिको पहिलो बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरूका बारेमा भएको प्रगतिको समीक्षा भएको राजदूत आचार्यले जानकारी दिए ।

यस अघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयहरूमा पुनः प्राविधिक तहको बैठक र सेप्टेम्बर महिनामा द्विपक्षीय समितिको अर्को बैठक बस्ने तय भएको छ। राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रही आएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधार स्तम्भको रूपमा रहेका भूपू गोर्खाका मागहरूका विषयमा दीर्घकालीन समाधानका लागि पहल गर्न रक्षा राज्यमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख श्री दिलीप पौडेलले पनि नेपाल सरकारको तर्फबाट भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा आफ्नो विचार राखेका थिए । भूपू गोर्खाहरूको तर्फबाट जुद्धबहादुर गुरुङले सम्बोधन हुन बाँकी सबै मागहरूका विषयमा विस्तृतमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा नेपाली राजदूतावासका उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरूको सहभागिता थियो।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?