Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

गोर्खा सैनिकहरूको माग पूरा गर्न दोस्रो बैठक सम्पन्न


७ वैशाख, काठमाडाैँ । बेलायत सरकारले भर्ती गर्ने गोर्खा सैनिकहरूको मागका बारेमा संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा तेस्रो पटक बैठक सम्पन्न भएको छ । बुधवार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा मिनिस्टर फर डिफेन्स पिपुल भेटेरन्स एण्ड सर्भिस फेमिलिस माननीय एन्ड्रअ मुरिसोन एमडी एमपी र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यबीच भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बैठक सम्पन्न भएको हो ।

बैठकमा विशेष यस अघि भएको समितिको पहिलो बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरूका बारेमा भएको प्रगतिको समीक्षा भएको राजदूत आचार्यले जानकारी दिए ।

यस अघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयहरूमा पुनः प्राविधिक तहको बैठक र सेप्टेम्बर महिनामा द्विपक्षीय समितिको अर्को बैठक बस्ने तय भएको छ। राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रही आएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधार स्तम्भको रूपमा रहेका भूपू गोर्खाका मागहरूका विषयमा दीर्घकालीन समाधानका लागि पहल गर्न रक्षा राज्यमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख श्री दिलीप पौडेलले पनि नेपाल सरकारको तर्फबाट भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा आफ्नो विचार राखेका थिए । भूपू गोर्खाहरूको तर्फबाट जुद्धबहादुर गुरुङले सम्बोधन हुन बाँकी सबै मागहरूका विषयमा विस्तृतमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा नेपाली राजदूतावासका उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरूको सहभागिता थियो।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?