Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा


६ वैशाख, काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै भोलि चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् । मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी)का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।

मातातीर्थ औँसीको दिनमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?