Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मोटरसाइकल चोरी गर्ने प्रहरी जवान पक्राउ


६ वैशाख, रामेछाप । मोटरसाइकल चोरीको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका हुन् ।

उनले नयाँ वर्षको रात मन्थली नगरपालिका– १ का कपडा व्यवसायी रमेश नेपालीको पार्किङ्ग गरिराखेको बागमती प्रदेश ०२–०२८प ०९०७ नम्बरको मोटरसाइकल चोरेको पाइएको छ ।

सवारी धनिले मोटरसाइकल हराएको भन्दै उजुरी दिएपछि प्रहरीले उक्त इलाकामा खोजी तीव्र बनाएको थियो। प्रहरीले उक्त मोटरसाइकल एक घरको कोठाभित्र फेला पारेको थियो । उक्त मोटरसाकलका सबै पाटपुर्जा खोलिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले मोटरसाइकल पहिचानका लागि सिसिटिभी फुटेज चेकजाँच गर्दा प्रहरी जवान भण्डारीले नै उक्त मोटरसाइकल चोरी गरेको देखिएपछि हिरासतमा लिइएको छ । अहिले रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बडाइएको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?