Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

मोटरसाइकल चोरी गर्ने प्रहरी जवान पक्राउ


६ वैशाख, रामेछाप । मोटरसाइकल चोरीको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका हुन् ।

उनले नयाँ वर्षको रात मन्थली नगरपालिका– १ का कपडा व्यवसायी रमेश नेपालीको पार्किङ्ग गरिराखेको बागमती प्रदेश ०२–०२८प ०९०७ नम्बरको मोटरसाइकल चोरेको पाइएको छ ।

सवारी धनिले मोटरसाइकल हराएको भन्दै उजुरी दिएपछि प्रहरीले उक्त इलाकामा खोजी तीव्र बनाएको थियो। प्रहरीले उक्त मोटरसाइकल एक घरको कोठाभित्र फेला पारेको थियो । उक्त मोटरसाकलका सबै पाटपुर्जा खोलिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले मोटरसाइकल पहिचानका लागि सिसिटिभी फुटेज चेकजाँच गर्दा प्रहरी जवान भण्डारीले नै उक्त मोटरसाइकल चोरी गरेको देखिएपछि हिरासतमा लिइएको छ । अहिले रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बडाइएको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?