Trending
>>   १५ वर्षपछि डच स्केभेनिङ्गेन समुन्द्र तटमा बालुवाका मूर्तिहरू देखिए >>   गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि मिसिएका हुन् : माधव… >>   वन डढेलो नियन्त्रणका लागि सरकारसँग दमकल बाहेक अन्य कुनै विकल्प छैन : वन मन्त्री ठकुरी >>   स्पेनमा टोर्नाडोबाट ३ जनाको मृत्यु >>   विद्यालय शिक्षा ऐन जारी गर्न माग शिक्षकहरुको सिठी जुलुस >>   सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे >>   देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति >>   असनमा सेतो मच्छिन्द्रनाथको पूजा, आराधना गर्नेको भीड >>   रामनवमी पर्वका अवसरमा राम मन्दिरमा भक्तजनको भीड >>   आज मिति २०८१ साल चैत्र २४ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल
Logo
२४ चैत्र २०८१, आईतवार
२४ चैत्र २०८१, आईतवार

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक


नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएशनको सहमति सकारात्मक भएको जनाएको हो ।

मागमा आएको सङ्कुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको अवस्थामा उक्त सहमति हुनु खुसीको कुरा भएको परिसङ्घले उल्लेख गरेको छ । “परिसङ्घले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्ने जोड दिँदै आएको छ, उक्त निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ”, विज्ञप्तिमा उल्लेख छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने परिसङ्घले विश्वास लिएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने परिसङ्घले जनाएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष परिसङ्घले आग्रहसमेत गरेको छ ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?