Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकोप्टर प्रयोग नगर्न आयोगको निर्देशन


५ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ ।

आयोगका उपन्यायाधिवक्ता एवम् सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले उपनिर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोग नगर्ने सम्बन्धी प्रेस विज्ञप्ति मङ्गलबार जारी गर्दै सो कुरा उल्लेख गर्नुभएको छ ।

२०८० वैशाख १० गते बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुन गइरहेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ बमोजिम राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा समेत प्रचारप्रसार गर्न पाउने भन्ने उद्देश्यले मात्र हेलिकोप्टरको सेवा प्रयोगको व्यवस्था भएको जनाइएको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उपनिर्वाचनमा उम्मेदवा, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्न आयोगले जनाएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?