Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकोप्टर प्रयोग नगर्न आयोगको निर्देशन


५ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ ।

आयोगका उपन्यायाधिवक्ता एवम् सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले उपनिर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोग नगर्ने सम्बन्धी प्रेस विज्ञप्ति मङ्गलबार जारी गर्दै सो कुरा उल्लेख गर्नुभएको छ ।

२०८० वैशाख १० गते बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुन गइरहेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ बमोजिम राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा समेत प्रचारप्रसार गर्न पाउने भन्ने उद्देश्यले मात्र हेलिकोप्टरको सेवा प्रयोगको व्यवस्था भएको जनाइएको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उपनिर्वाचनमा उम्मेदवा, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्न आयोगले जनाएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?