Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

हङकङको विजयी सुरुवात


५ वैशाख, काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले ।

उनले १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे । सिङ्गापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । सिङ्गापुरका लागि आरित्र दक्तले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५७ बलमा ९ चौका प्रहार गरे ।

यसैगरी आर्यन मोदीले २१, रमेश कालीमुथुले १८, थिलिपन अमाइदुराइ र अभी दीक्षितले समान १२ तथा सुरेन्द्रन चन्द्रमोहन र प्रशिन परमले समान १०/१० रन जोडे ।

हङकङका लागि एहसान खानले चार विकेट लिए भने यासिम मूर्ताजाले तीन विकेट झारे । त्यसैगरी मोहम्मद घनजफर, अइजाज खान र आयुष शुक्लाले समान एक/एक विकेट लिए ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?