Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

साताको तेस्रो दिन पनि घट्यो शेयर बजार


५ वैशाख, काठमाडाैँ । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार नौ सय २० कित्ता शेयर रू ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन् ।

होटल तथा पर्यटन समूह ४० दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह पाँच दशमलव ४३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४९ दशमलव ६१ र लघुवित्त समूहको उपसूचक २० दशमलव ६५ अंकले घटेको छ ।

बैंकिङ समूह शून्य दशमलव ०१, विकास बैंक समूह १२ दशमलव २७, वित्त समूह छ दशमलव ८६, जलविद्युत् समूह दुई दशमलव ४९ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । त्यसैगरी, आज जीवन बीमा समूह ११ दशमलव ३०, व्यापार समूह १८ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ३६ अङ्कले घटेको छ ।

आल कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य बढी घट्नेमा भने सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर रू पाँच करोड २६ लाख ३२ हजार बराबरको पाँच लाख १६ हजार कित्ता किनबेच भएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?