Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चाँगुनारायण नगरपालिकाको बेरुजु बढ्यो


विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गर्नुभएको छ । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४÷७५ देखि आव २०७७÷७८ सम्ममा ३३ शीर्षकमा रु छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७/७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ ।

उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै रु एक करोड २८ लाख ८९ हजार आठ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख खत्रीले भन्नुभयो, “विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।”

त्यस्तै नगरपालिकाले चालु आव २०७९/८० का लागि पुँजीगततर्फ रु एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार नौ सय ५७ र चालुतर्फ रु ७७ करोड १८ लाख ८२ हजार दुई सय ४३ गरी कूल रु दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार दुई सय बजेट विनियोजन गरेकामा यो छ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कूल रु ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख खत्रीले बताउनुभयो । आन्तरिक राजस्वतर्फ रु २६ करोड २६ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा रु छ करोड ८४ लाख १३ हजार दुई सय ४३ अर्थात् २६ दशमलव चार प्रतिशत मात्रै सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?