Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चाँगुनारायण नगरपालिकाको बेरुजु बढ्यो


विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गर्नुभएको छ । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४÷७५ देखि आव २०७७÷७८ सम्ममा ३३ शीर्षकमा रु छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७/७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ ।

उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै रु एक करोड २८ लाख ८९ हजार आठ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख खत्रीले भन्नुभयो, “विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।”

त्यस्तै नगरपालिकाले चालु आव २०७९/८० का लागि पुँजीगततर्फ रु एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार नौ सय ५७ र चालुतर्फ रु ७७ करोड १८ लाख ८२ हजार दुई सय ४३ गरी कूल रु दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार दुई सय बजेट विनियोजन गरेकामा यो छ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कूल रु ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख खत्रीले बताउनुभयो । आन्तरिक राजस्वतर्फ रु २६ करोड २६ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा रु छ करोड ८४ लाख १३ हजार दुई सय ४३ अर्थात् २६ दशमलव चार प्रतिशत मात्रै सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?