Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य


५ वैशाख, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३५ रन बनायो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाउनुभयो । उहाँले ९५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बाउनुभएको हो ।

भिरनदिप सिंहले ४६, कहिजर हायातले २२, सायजरुल इदरुसले २१, मुहमद अमिरले १७, मुहमद सहादतले १५, सयद अजिजले १३ र विजय उनईले १२ रन जोड्नुभयो ।

बलिङमा नेपालका सोमपाल कामी र सदीप लामिछानेले तीन तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल मलेसियाविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपालका लागि मलेसिया तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मानिन्छ । यसअघि भएका पाँच भिडन्तमा सबै नतिजा नेपालको पक्षमा रहेको थियो । मलेसियामाथि सदाबहार जितको छवि कायम राख्न नेपाललाई अब ब्याटिङमा राम्रो गर्नुपर्नेछ ।

नेपाल र मलेसियाबीच यसअघि पछिल्लो पटक सन् २०१८ को एसिया कप छनोटमा भिडन्त भएको थियो । मलेसियामै भएको खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ । उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?