Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता


५ वैशाख, रसुवा । लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो ।

चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गरे । प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ ।

‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ यहाँ वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । संरक्षण सूचीमा सूचीकृत भएको रेडपान्डा, कस्तुरी मृग, हिमचितुवा, बँदेल, कालोभालु, आस्मिज बाँदर, नउर, काडे भ्याकुर, डाफेसमेत ३९ भन्दा बढी प्रजातिको वन्यजन्तु एवं पक्षीसमेत संरक्षण गर्न निकुञ्जले उच्च प्राथमिकता दिँदै आएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

वन्यजन्तु संरक्षणमा स्थानीय लाकोस संस्थाले पनि सहयोग गरिराखेको जनाइएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?