Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

विष मिसिएको रक्सी खाँदा ३२ जनाको मृत्यु


५ वैशाख, एजेन्सी । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् । विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना घटेको हो ।

मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले दिएको जानकारीअनुसार पाँच स्टेशन हाउस अफिसर र विभिन्न प्रहरी थानाका नौ गाउँ हेरालु र वार्ड कर्मचारीहरू निलम्बन गरिएको छ । प्रहरीले छापा मार्ने क्रममा हालसम्म एक सय आठ जनालाई पक्राउ गरेको छ भने छ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ ।

यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई चार हजार आठ ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन् । विषाक्त मदिराको सेवनबाट भारतमा प्रायः यस्ता घटना हुने गरेको पाइन्छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?