Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कांग्रेस नेता बाँस्तोलाको निधनप्रति दुःख व्यक्त


नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्वकार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले आज शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको आज बिहान ६४ वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

पोखरा महानगरपालिका–९ निवासी उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर पार्टीको सङ्गठनमा क्रियाशील रही पार्टीका वडातहदेखि जिल्ला तहसम्मको नेतृत्वदायी जिम्मेवारी सम्हाल्नु भएको बताइएको छ । पोखरा उपत्यका नगर विकास समितिको पूर्वअध्यक्ष र तत्कालीन पोखरा उपमहानगर पालिका– ९ को वडाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका बाँस्तोला पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्वअध्यक्ष, महेन्द्र मावी र नवप्रभात मावि व्यवस्थापन समितिको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

बास्तोलाको पार्थिव शरीरमा आजै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?