Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कांग्रेस नेता बाँस्तोलाको निधनप्रति दुःख व्यक्त


नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्वकार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले आज शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको आज बिहान ६४ वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

पोखरा महानगरपालिका–९ निवासी उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर पार्टीको सङ्गठनमा क्रियाशील रही पार्टीका वडातहदेखि जिल्ला तहसम्मको नेतृत्वदायी जिम्मेवारी सम्हाल्नु भएको बताइएको छ । पोखरा उपत्यका नगर विकास समितिको पूर्वअध्यक्ष र तत्कालीन पोखरा उपमहानगर पालिका– ९ को वडाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका बाँस्तोला पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्वअध्यक्ष, महेन्द्र मावी र नवप्रभात मावि व्यवस्थापन समितिको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

बास्तोलाको पार्थिव शरीरमा आजै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?