Trending
>>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

छतबाट खसेर रवि लामिछानेका चालक गम्भीर घाइते


४ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर ११ मा रहेको लामिछानेको आवासको छतमा सुतेका चालक सोमबार बिहान अन्दाजी ४ बजेको समयमा घरको तीन तलामाथिको छतबाट खसेका हुन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ घर भएका ३९ वर्षका चालक थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ताका अनुसार घटनास्थलमा चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरिरहेको छ ।

सभापति लामिछाने चितवन –२ मा वैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार छन् । उनि यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । अवैध नागरिकताका कारण उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएका कारण उपनिर्वाचन हुन लागेको हो ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?