Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

छतबाट खसेर रवि लामिछानेका चालक गम्भीर घाइते


४ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर ११ मा रहेको लामिछानेको आवासको छतमा सुतेका चालक सोमबार बिहान अन्दाजी ४ बजेको समयमा घरको तीन तलामाथिको छतबाट खसेका हुन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ घर भएका ३९ वर्षका चालक थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ताका अनुसार घटनास्थलमा चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरिरहेको छ ।

सभापति लामिछाने चितवन –२ मा वैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार छन् । उनि यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । अवैध नागरिकताका कारण उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएका कारण उपनिर्वाचन हुन लागेको हो ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?