Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति


४ वैशाख ,गलेश्वर । वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन ।

यसैगरी गत शुक्रबारदेखि बेनी –२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । गजुरे वनको आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन् । आगलागी हल्लेगौडा, पोलधारा, सल्देनालगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ ।

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए । “अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”, उनले भने ।

आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडाध्यक्ष पुनले बताए। “मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छौ, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन”, उनले भने । घरेलु सामग्रीको भरमामात्र नियन्त्रणमा कठिन भएको वडाध्यक्ष पुनले जानकारी दिए ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताए “सुक्खा र भिर भएकाले पनि सहजै निभाउन सकिएको छैन । भिरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौँ”, उनले भने ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ ।

आइतबार दिउँसो सामान्य वर्ष भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो । यसैबीच यस वर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको सो कार्यालयले जनाएको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको जनाउँदै उनले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिए ।

आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताए । आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ ।

घरबाट बाहिर निस्किँदा धुवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन् । स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरे बताउछन् ।

धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिकब्रोन्काइटि जस्ता समस्या आएका उनको भनाइ छ ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?