Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेपाली टोलीको घोषणा


३ वैशाख ,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी र कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।

यसैगरी वैकल्पिक खेलाडीतर्फ किशोर महतो, अर्जुन साउद, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने उक्त प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । नेपालले यही वैशाख ५ गते मलेसियासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?