Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून


३ वैशाख ,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ । गत आवको सोही अवधिमा सरकारले रु तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख बराबर कर उठाएको थियो ।

अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो । गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व सङ्कलनको तुलनामा चालु आवको सोही अवधिमा रु पाँच अर्ब ५५ करोड ६६ लाख कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो ।

चालु आवको चैत मसान्तसम्ममा सरकारले रु एक खर्ब ५० अर्ब २० करोड बराबर आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा रु एक खर्ब ६५ अर्ब ४५ करोड आयकर संकलन भएको थियो । नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट सङ्कलन) रु ७८ अर्ब ८९ करोड ६५ करोड बराबर छ ।

अन्तःशुल्कतर्फ रु ७४ अर्ब २८ करोड ९२ लाख बराबर असुली भएको छ । यही अवधिमा घरबहाल करतर्फ रु एक अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ रु पाँच अर्ब २५ करोड र शिक्षा करतर्फ रु एक अर्ब २६ करोड बराबर उठेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व सङ्कलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ ।

चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म रु सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?