Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून


३ वैशाख ,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ । गत आवको सोही अवधिमा सरकारले रु तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख बराबर कर उठाएको थियो ।

अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो । गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व सङ्कलनको तुलनामा चालु आवको सोही अवधिमा रु पाँच अर्ब ५५ करोड ६६ लाख कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो ।

चालु आवको चैत मसान्तसम्ममा सरकारले रु एक खर्ब ५० अर्ब २० करोड बराबर आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा रु एक खर्ब ६५ अर्ब ४५ करोड आयकर संकलन भएको थियो । नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट सङ्कलन) रु ७८ अर्ब ८९ करोड ६५ करोड बराबर छ ।

अन्तःशुल्कतर्फ रु ७४ अर्ब २८ करोड ९२ लाख बराबर असुली भएको छ । यही अवधिमा घरबहाल करतर्फ रु एक अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ रु पाँच अर्ब २५ करोड र शिक्षा करतर्फ रु एक अर्ब २६ करोड बराबर उठेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व सङ्कलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ ।

चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म रु सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?