Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी


३ वैशाख, सिन्धुपाल्चोक । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ ।

काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत ‘जुगल–१’ देखि ‘जुगल–५’ नामाकरण भएका पाँच चुचुरा आरोहणका लागि खुल्ला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम गरिएको छ ।

छ हजार एक सय ५१ मिटर अग्लो जुगल हिमालमा पहिलोपटक विसं २०७५ को चैतमा सफल आरोेहण गरिएको थियो । हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाअन्तर्गत पर्ने आठमध्ये एक रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालअन्तर्गत दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पर्दछन् । दोर्जे लाक्पाको उचाइ छ हजार नौ सय ६६ मिटर छ ।

यससम्बन्धी जानकारी दिन यहाँ आयोजित एक कार्यक्रमलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व रहेको ने–पेमाछालमा लामा गुरुले पूजा आजा समेत गरिएको थियो भने पर्यटन प्रवद्र्धनका लागि यहाँ विविध कार्यक्रमको पनि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?