Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चलचित्रसँग जोडिएका सङ्घसंस्थालाई लाग्यो चुनाव


नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ । आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक सङ्घमा नयाँ नेतृत्व कसले लिने भन्ने छलफलले तीव्रता पाएको छ ।

“प्राविधिकको समस्यालाई बुझ्ने नेतृत्व सङ्घमा आउँछ । हाम्रो संख्या बढेसँगै यसलाई व्यवस्थित र मर्यादित गर्न लागिपरेका छौँ”, प्राविधिक शङ्कर पाण्डे भन्नुहुन्छ, “संस्थालाई बलियो बनाउन सम्पूर्ण प्राविधिक एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन ।” यस्तै नेपाल चलचित्र निर्देशक समाज फागुनको अन्तिम साता साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ । “हामी छिट्टै मिति घोषणा गर्दैछौँ”, समाजका महासचिव जनकदीप पराजुलीले भन्नुभयो, “हामीले केही योजना बनाएका छौँ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुनेछ ।” नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते नयाँ कार्यसमिति चयन गर्दैछ । सङ्घका प्रवक्ता मोहन निरौलाले सदस्यता नवीकरणसँगै अन्य तयारी भइरहेको जानकारी दिनुभयो । “नयाँसँगै पुरानो कलाकारको समस्यालाई पहिचान गरी जोड्न सक्ने नेतृत्व आउन आवश्यक छ”, उहाँले भन्नुभयो । नेपाल पत्रकार महासङ्घको एसोेसिएट संस्था चलचित्र पत्रकार सङ्घ नेपालको फागुन १७ गते नवौँ महाधिवेशन हुँदैछ ।

अध्यक्ष दिनेश सिटौलाले अहिले शाखा अधिवेशन भइरहेको जानकारी दिनुभयो । “विधागत पत्रकारितालाई काठमाडौँसँगै मोफसलमा बढाउन हामी तत्पर छौँ । हामीले शाखामार्फत विधागत पत्रकारितालाई प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको निर्वाचन केही समय अगाडि मात्र सम्पन्न भएको थियो ।


प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?