Trending
>>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल >>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित)
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ


काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदाताले आफू बसेकै स्थानबाट आफ्नो गृहजिल्लामा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

शनिवार पार्टीको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनका दिन आफ्नो स्थायी जिल्लामा पुगेर मतदान गर्नुपर्ने बाध्यताले उम्मेदवार र मतदाता दुवैको खर्च बढाएको बताएका हुन् । उनले काठमाडौंमा बसेर डडेलधुराको मतदान गर्न पाउने व्यवस्था भए निर्वाचनमा हुने अनावश्यक यातायात खर्च कम हुने बताएका छन् । निर्वाचन प्रणालीलाई सहज र कम खर्चिलो बनाउन बेजिल्लाबाट मतदान गर्न पाउने व्यवस्था स्पष्ट गर्नुपर्ने उनको माग छ । घिसिङले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिनुपर्ने बताए । विदेशमा रहेका सम्पूर्ण नेपालीले स्थानीय तहको निर्वाचनदेखि नै मतदान गर्न पाउने व्यवस्था सरकारले तत्काल लागू गर्नुपर्ने उनको जोड दिएका छन् । यसैगरी, स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्नुपर्ने माग पनि उनले उठाएका छन् । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले आफ्नो प्रतिबद्धतामा गैरदलीय स्थानीय निर्वाचनको विषय समेटेको उल्लेख गर्दै उनले आवश्यक ऐन संशोधन गरेर भए पनि त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । यस विषयमा आफूहरूले निर्वाचन आयोगमा ज्ञापनपत्रसमेत बुझाएको उनले जानकारी दिएका छन् । प्रतिवद्धता कार्यान्वयन नभए पनि निर्वाचनमा सहभागी नहुने वा उम्मेदवारी नदिने भन्ने पार्टीको धारणा नरहेको उनले स्पष्ट पारेका छन् ।

उनले भने, ‘हामीले हिजो निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै चुनावी घोषणापत्रमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्न माग गरेका छौँ । स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने विषय हाम्रो र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैको प्रतिवद्धता हो । आवश्यक कानून संशोधन गरेर सरकारले यसलाई तत्काल कार्यान्वयन गर्नुपर्छ । यो लागू नभए पनि हामी निर्वाचनमा सहभागी नहुने होइन, तर यसलाई निरन्तर एजेन्डाका रूपमा उठाइरहनेछौँ । त्यसैगरी विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्छ । विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्न हाम्रो माग छ । साथै, एक जिल्लाका मतदाताले अर्को जिल्लाबाटै मतदान गर्न पाउने व्यवस्था हुनुपर्छ। यसले मतदानका लागि हुने अनावश्यक खर्च र झन्झट कम गर्नेछ । अर्को महत्वपूर्ण विषय ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताअनुसार विदेशमा रहेका नेपालीको नागरिकताको निरन्तरता हो । राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक तथा लगानीसम्बन्धी अधिकार सुनिश्चित गर्दै उनीहरूको नेपाली नागरिकताको निरन्तरताका लागि आवश्यक व्यवस्था गर्नुपर्छ । हामीले गरेका प्रतिबद्धता घोषणापत्रमा मात्र सिमित हुनुहुँदैन । बोलेका कुरा व्यवहारमा लागू हुनुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा हो ।’

घिसिङले विदेशमा रहेका नेपालीको नागरिकताको निरन्तरताको विषय पनि उठाएका छन् । ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणाअनुसार राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक तथा अन्य अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि नागरिकताको निरन्तरतासम्बन्धी व्यवस्था लागू गर्नुपर्ने उनले बताएका छन् ।


प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?