Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार

महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित)


काठमाडौँ।नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आईतवार दुबो रोपिएको छ ।

महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली काँग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताएकी छिन् । उनकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो । काँग्रेसजस्तो ठूलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उनको भनाइ छ । उनले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गर्दा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्नेमा जोड दिइन् । कुनैपनि स्थान प्रयोग गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित आयोजककै हुने उनको भनाइ छ । खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेको स्थानमा दुबो रोपेर त्यसको प्राकृतिक सुन्दरता पुनः कायम गर्ने प्रयास गरिएको उनले बताइन्। रोपिएको दुबो प्राकृतिक रूपमा पनि फैलिँदै जाने उल्लेख गर्दै गौतमले केही समय त्यसको नियमित हेरचाह र संरक्षणसमेत गरिने जानकारी दिएकी छिन् ।

सहमहामन्त्री गौतमले भनिन् ,‘हामीले १५ औँ अधिवेशनका क्रममा प्रयोग गरेको यस सार्वजनिक स्थलको सुन्दरता जोगाइराख्नु सबैको जिम्मेवारी हो । नेपाली काँग्रेसजस्तो ठूलो पार्टीको अधिवेशनपछि यस स्थानको दुबो र सुन्दरतामा केही क्षति पुगेको देखिएकाले त्यसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले दुबो रोपिएको हो । यसको उद्देश्य केवल दुबो रोप्नु मात्र नभई सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण गर्नु पनि हाम्रो दायित्व हो भन्ने सन्देश दिनु हो । भविष्यमा अन्य राजनीतिक दल, संघसंस्था तथा व्यक्तिहरूले पनि सार्वजनिक स्थल प्रयोग गर्दा त्यसको सुन्दरता र संरक्षणमा ध्यान दिने अपेक्षा गरेका छौँ । यो रुख रोप्ने नभई दुबो रोप्ने काम हो । दुबो प्राकृतिक रूपमा पनि फैलिँदै र मौलाउँदै जाने भएकाले रोपिसकेपछि केही समय नियमित हेरचाह र संरक्षण गर्ने हाम्रो योजना छ । सानो प्रयासले पनि सार्वजनिक सम्पत्तिको संरक्षणमा सकारात्मक योगदान पुर्याउन सक्छ भन्ने हाम्रो विश्वास हो ।’

उनले सार्वजनिक सम्पतीको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्ने भन्दै राजनीतिक दल तथा अन्य संघसंस्थाले सभा, सम्मेलन र कार्यक्रम गर्दा स्थलको सरसफाई तथा संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: २९ कार्तिक २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?