Trending
>>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल


काठमाडौँ।नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीयस्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई नेपाली कांग्रेसको केन्द्रिय योजनामा समेट्नुपर्ने बताएका छन् । उनले पार्टीका कार्यक्रम र योजनाहरू जनताको वास्तविक आवश्यकतासँग जोडिनुपर्ने उल्लेख गर्दै मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन् । महामन्त्री पौडेलले नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्नसक्ने भन्दै विधिको शासन र कानूनी प्रक्रियामाथि प्रश्न उठाएका छन् । सरकारले कानून र विधिको शासन पालना नगरेको अवस्थामा आफूहरू पक्राउ पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने उनको भनाइ छ । सभापति गगनकुमार थापाबारे एक विचौलियाले दिएको भनिएको बयानमा समेत प्रश्न उठाउँदै उहाँले सम्बन्धित व्यक्तिले प्रहरीसमक्ष त्यस्तो बयान दिएको भए प्रहरीले त्यसबारे सार्वजनिक गरिसक्ने र सरकारले अदालतमा मुद्दा लैजान यति ढिलाइ नगर्ने तर्क गरेका छन् । सरकारले कसैलाई कारबाही गर्ने नाममा विधि र कानुनविपरीत मानमर्दन गर्न नहुने भन्दै उनले काँग्रेस यस्ता गतिविधिबाट नडराउने बताएका छन् । पक्राउ गरे पनि सरकारका गलत काम र विधि उल्लंघनविरुद्ध आवाज उठाउन नछाड्ने उनको भनाइ छ ।

उनले भने , ‘हाम्रो योजना र कार्यक्रम यस क्षेत्रका वास्तविक आवश्यकता, समस्या र जनताको अपेक्षासँग जोडिनुपर्छ । यस भूमिलाई नजिकबाट बुझ्ने स्थानीय साथीहरूले उठाएका मुद्दालाई समेटेर मधेसका समस्या र आवश्यकतालाई नेपाली काँग्रेसको केन्द्रिय एजेण्डा बनाउनुपर्छ । जहाँसम्म पार्टी सभापतिको पक्राउको विषय छ, हामी विधिको शासन र कानूनी प्रक्रियाको सम्मान गर्छौँ । तर कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन । कुनैपनि आरोपको निष्पक्ष छानबिन र कानूनी प्रक्रियाबाट निरूपण हुनुपर्छ । दुई तिहाइको बहुमत पाउँदैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतन्त्रको मर्मविपरित छ । सरकारका गलत काम, अन्याय र विधिको उल्लंघनविरुद्ध बोल्नु प्रतिपक्षको जिम्मेवारी हो । पक्राउ र दबाबले नेपाली कााँग्रेसको आवाज रोकिँदैन । हामी कानुनी शासन, लोकतान्त्रिक मूल्य र जनताको अधिकारका पक्षमा निरन्तर बोलिरहनेछौँ ।’

दुई तिहाइको बहुमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच राख्न नहुने उल्लेख गर्दै पौडेलले बहुमतका नाममा सरकारविरुद्ध बोल्नेहरूलाई डर र त्रास सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । सरकारका गलत काम र गतिविधिबारे बोल्न काँग्रेस र पार्टी सभापति पछि नहटेको भन्दै उनले अहिले काँग्रेसमाथि भइरहेको व्यवहार पनि सरकारको यही प्रवृत्तिको परिणाम भएको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?