Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रुसी क्षेप्यास्त्र आक्रमणमा ९ जना युक्रेनी मारिए


२ वैशाख, एजेन्सी । युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो ।

डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको हो । आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको छ ।

उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रुसी नागरिक सेनामा भर्ती हुन, बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानुनमा हस्ताक्षर गरेपछि भएको अल जजिराले जनाएको छ ।

उक्त कानुनअनुसार अब कुनै पनि नागरिकले अनुमति बिना विदेश भ्रमण गर्न पाउने छैनन् भने हरेक निकायमा राष्ट्रसेवाका निम्ति उपस्थित हुन बेग्लै पत्राचारको आवश्यकता पर्दैन । उक्त कानुनलाई विद्युतीय आदेशका रूपमा मान्यता दिइएको छ । विद्युतीय माध्यमबाटै कुनै नागरिकलाई सूचीकृत कार्यालयमा सेवाका निम्ति बोलाउन सकिने छ ।

युक्रेन युद्ध प्रारम्भ भएपछि आफ्ना सेनालाई सघाउन नागरिकलाई समेत परिचालन गर्न सकिने घोषणा राष्ट्रपतिले गरेपछि दशौँ हजार रुसीले देश छाडेका थिए ।

गत वर्षको २४ फेब्रुवरीमा युक्रेनमा रुसी आक्रमण भएपछि एक लाखभन्दा बढी युक्रेनी सैनिक तथा त्यति नै सङ्ख्यामा रुसी सेनाले ज्यान गुमाएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुवै पक्षका ४० हजार गैरसैनिक पनि युद्ध मारिएका छन् ।

रुस र युक्रेनले युद्धमा भएको हताहतिबारे आधिकारिक विवरण सार्वजनिक नगरे पनि केही महिनाअघि युक्रेनी सेनाका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई नौ हजार युक्रेनी सेनाले वीरगति प्राप्त गरेका बताएका थिए । रुसी अधिकारीहरूले पनि छ हजार सैनिकले ज्यान गुमाएका जानकारी दिएका थिए ।

संयुक्त राष्ट्रसङ्घले रुस र युक्रेनबाट भागेर युरोपेली देशमा शरण खोज्नेको सङ्ख्या ७८ लाख पुगेको जनाएको छ । युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा अकल्पनीय प्रभाव परेको छ । धान्नै नसक्ने गरी मुद्रास्फीति बढेको छ भने न्यून आय भएका देशका जनताको जीवन कष्टकर बनेको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?