Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मेलम्चीमा भलिबल प्रतियोगिता हुने


२ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो ।

राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रू दुई लाख, रू एक लाख र रू ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएका श्रेष्ठ उक्त प्रतियोगिताको प्रायोजन गरेका छन् । यस वर्ष भलिबलबाट सुरु गरिएको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिने उनले बताए ।

कोरोना महामारी समयमा, मेलम्ची बाढीमा राहत तथा उद्धारका साथै भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्दै आएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट ‘मेलम्ची बन्दै छ’ भन्ने सन्देश प्रवाह गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट पर्यटक प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भलिबल आयोजना गर्न लागिएको बताए ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?