Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

मेलम्चीमा भलिबल प्रतियोगिता हुने


२ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो ।

राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रू दुई लाख, रू एक लाख र रू ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएका श्रेष्ठ उक्त प्रतियोगिताको प्रायोजन गरेका छन् । यस वर्ष भलिबलबाट सुरु गरिएको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिने उनले बताए ।

कोरोना महामारी समयमा, मेलम्ची बाढीमा राहत तथा उद्धारका साथै भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्दै आएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट ‘मेलम्ची बन्दै छ’ भन्ने सन्देश प्रवाह गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट पर्यटक प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भलिबल आयोजना गर्न लागिएको बताए ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?